hospital

विदेश घुम्ने नेपाली बढे

नेपाल इन डाटा

hospital

नेपालमा पर्यटन

वि.स.२००७ सालदेखि मात्रै विदेशी पर्यटकका लागि नेपाल खुला गरिएको हो । राणा शासनकालमा कुटनीतिक प्रयोजन बाहेक अरु प्रयोजनका लागि पर्यटक आगमनमा रोक लगाइएको थियो ।

hospital

प्रवर्धनका प्रयास

पहिलो पञ्चवर्षिय योजना (२०१३-२०१८) मा नेपालमा पर्यटन प्रवद्र्धन गर्ने रणनीति बनेको हो । त्यसयता २०२९ सालमा पहिलो पटक दश वर्षे पर्यटन गुरुयोजना कार्यान्वयनमा ल्याइएको हो । सन १९९८, सन २०११ र सन् २०२० मा पर्यटन प्रवर्धनका विषेश अभियान संचालन गरिएको थियो ।

hospital

आउने भन्दा बाहिरिने बढी

पछिल्लो समय नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै आएको छ । यससँगसँगै नेपालबाट विदेश घुम्न जाने पर्यटकको संख्या पनि बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा कुल ११ लाख २८ हजार विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । जबकी सोही वर्ष १६ लाख नेपाली विदेशिएका छन् । उनीहरुमध्ये २ लाख ७४ हजार जना घुमघाम प्रयोजनका लागि छन् ।

hospital

अर्थतन्त्रमा पर्यटन

नेपाल कुल गार्हस्थ्य उत्पादन (जिडीपी) मा पर्यटन क्षेत्रको योगदान १.१ प्रतिशत मात्रै छ । नेपालमा कुल विदेशी मुद्रा आर्जनमा पर्यटन क्षेत्रको योगदान ३.४ प्रतिशत छ । आर्थिक वर्ष २०७९/८० मा पर्यटन क्षेत्रबाट ६१ अर्ब ५२ करोड रुपैयाँ विदेशी मुद्रा आर्जन भएको थियो । नेपाल घुम्न आउने पर्यटकको औसत बसाई १३.२ दिन तथा प्रतिदिन प्रति पर्यटक औसत  खर्च ४१ डलर रहेको छ ।

hospital

पर्यटनका चुनौती

नेपालमा पर्यटन क्षेत्रको विकासको प्रचुर संभावना रहेपनि यसबाट अपेक्षा अनुरुपको लाभ लिन सकिएको छैन ।

निम्न विषयलाई पर्यटन क्षेत्रको विकासमा चुनौती मानिएको छ ।

  • कमजोर पूर्वाधार
  • पर्यटकीय सेवाको गुणस्तरको कमी 
  • पर्यटकीय शिक्षा र चेतना
  • नयाँ गन्तव्यको विकास
  • सूचना तथा प्रविधि विकास
  • मौलिक कला तथा संस्कृतिको संरक्षण

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More