आठवटा आर्थिक वर्षमा भने बाँडिएन रकम
नीति निर्माण तहमा रहेर भूमिका खेल्नुपर्ने जनप्रतिनिधि विकासमा प्रत्यक्ष संलग्न हुन नहुने भन्दै विकासका नाम दिएर सांसदलाई पैसा बाँड्ने रकमको चौतर्फी आलोचना पनि हुँदै आइरहेको छ ।२०५१ सालयता विभिन्न ८ वटा आर्थिक वर्ष विभिन्न कार्यक्रमको नाम दिएर सांसदलाई पैसा बाँड्न बन्द गरिएको थियो । आर्थिक वर्ष २०५८/५९, २०५९/६०, २०६४/६५, २०६५/६६, २०६८/६९, २०६९/७०, २०७०/७१ ,२०७८/७९ र २०७९/८० मा सांसद विकास कोषका लागि बजेट विनियोजन गरिएको छैन ।