hospital

चट्याङको जोखिम

भिक्षु आनन्द

hospital

वर्षा सुरु भएसंगै देशभर हावाहुरी, बाढी, पहिरो र चट्याङको जोखिम बढेको छ । नेपालमा केही दिनयता मेघ गर्जनसहित वर्षा सुरु भएको छ । भौगोलिक अवस्थितिका कारण नेपाल चट्याङको जोखिम मुलुकमा पर्छ । बाढी र पहिरोले भन्दा चट्याङबाट ज्यान गुमाउनेको संख्या बढी छ । नेपालमा औसतमा वार्षिक सय जनाले चट्याङबाट ज्यान गुमाउने गरेका छन्

hospital

सातामै दश जनाको मृत्यु

नेपालमा चट्याङबाट एक वर्षमा ७७ जनाले ज्यान गुमाएका छन् । विक्रम संवत २०८१ बैशाख २ गतेदेखि २०८२ बैशाख २ गते सम्मको एक वर्षको अवधिमा चट्याङबाट ७७ जनाको मृत्यु भएको हो । पछिल्लो एक महिनामा मात्रै चट्याङबाट १३ जनाको मृत्यु भएको छ । चैत २७ गतेदेखि बैशाख २ गतेसम्म एक साताको अवधिमा १० जनाले चट्याङबाट ज्यान गुमाएका छन् । 

hospital

कसरी पर्छ चट्याङ ?

जब आकाशमा बादल एक आपसमा ठोकिन्छन् तब तिनीहरुबाट बिजुलीको शक्तिशाली धार उत्पन्न हुन्छ । आपसमा बादल ठोक्किँदा ठूलो आवाजसहित  विजुली चम्मेको हामी देख्न र सुन्न सक्छौं । बादल ठोक्किएर उत्पन्न भएको विजुलीको तरङ्ग आकाशबाट पृथ्वीको सतहतर्फ प्रवाहित हुन्छ । यसरी जमिनतर्फ प्रवाहित विजुलीले रुख, विरुवा, मानिस, गाईवस्तुलाई लाग्यो भने ज्यान जाने खतरा हुन्छ । रुख विरुवा मर्न थाल्दछन् ।

hospital

कसरी बच्ने ?

चट्याङलाई प्राकृति प्रकोप मानिएको छ । यसलाई पूर्णरुपमा रोक्न सकिँदैन । यद्यपी, सावधानी अपनाउन सकियोभने चट्याङबाट बच्न सकिन्छ ।

  • मेघगर्जनसहित विजुली चम्मेको बेला घरभित्रको विद्युतीय उपकरण प्रयोग नगर्ने
  • यस्तो अवस्तामा विद्युतीय करेन्ट प्रवाह हुनसक्ने धातु छेउछाउ नबस्ने, तिनीहरुलाई नछुने 
  • चट्याङ परिरहेको बेला धारा, कुवा वा खोलानालामा हात धुने नुहाउने गर्नु जोखिमपूर्ण मानिन्छ
  • अग्लो एवं खुला डाँडा, टावर, रुख आदिमा नबस्ने

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More