Dev notes write and publish articles on various aspects of development.
सरकारले वैदेशिक रोजगारीका लागि १११ वटा मुलुकलाई संस्थागत रुपमा खुला गरेको छ । स्वदेशमा रोजगारीको पर्याप्त र दीगो अवसर नपाएपछि दैनिक गुजारा चलाउनका लागि धेरै नेपाली युवाले वैदेशिक रोजगारीलाई गन्तव्य बनाएको पाईन्छ । रेमिट्यान्सबाट प्राप्त कुल आयको ७२ प्रतिशतभन्दा बढी रकम उपभोग्य वस्तुमा खर्च हुनुले दैनिक गुजारा चलाउनकै लागि विदेशिनुपरेको बाध्यतालाई स्पष्ट पार्दछ । वर्षेनी वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्नुले दैनिक रोजीरोटीको बाध्यता अझै कम हुन नसकेको देखाउँछ ।